काठमाडौं ,१९साउन । बुधबार राति लैनचौरबाट अपहरणमा परेका चिनियाँ नागरिकको अपहरणमा दुई प्रहरीसहित चार जनाको संलग्नता रहेको खुलेको छ। जिल्ला प्रहरी परिसरका अनुसार नेपालमा बस्दै आएका चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेका ६ जनामध्ये २ प्रहरी भएको खुलेको हो।उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ ३७ वर्षीय हल्वल्दार कर्ण गुरुङ र महानगरिय प्रहरी वृत बालाजुका घुमुवा प्रहरी शिव सुनुवारको संग्लनता भेटिएको हो। यस्तै २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहीत मगर, २८ वर्षीय विशाल मगर र २७ वर्षीय विनोद केसी पनि संलग्न रहेका छन्।
प्रहरी वृत बालाजुले प्रहरी जवान शिव सुनुवार बालाजु वृतमै कार्यरत रहेको र अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर लगिएको पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर प्रमुख भरत बहादुर बोहोराका अनुसार अपहरणमा संग्लनलाई म्याद थपका लागि अदालत लगिएको छ। उनीहरूलाई बसपार्कको विजी मल अगाडिबाट प्रक्राउ गरिएको हो। फिरौती रकम लिन आउँदा उनीहरू प्रक्राउ परेका प्रहरीले जनाएको छ।अनुसन्धानमा खटिएका प्रहरीका अनुसार चिनियाँ नागरिकलाई अपहरण गरी मित्रनगरमा रहेको एक लजमा बन्धक बनाएर उनीहरूले १ करोड फिरौती मागेका थिए। मागेको रकममध्ये ५० लाख दिनको लागि चिनियाँ नागरिकको परिवार सहमत भएको थियो।
प्रतिक्रिया