ब्रेकिंग न्युज

सुदूरपश्चिममा डेङ्गुका संक्रमित दुई बालिकाको उपचारको क्रममा मृत्यु



धनगढी २२ भाद्र । । सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका-६ की १२ वर्षीया बालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिका-४ की ५ वर्षीया बालिका रहेकिछन् । उनको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

यसैगरी दार्चुलामा पनि डेङ्गुका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका-४ हुनैनाथकी ५ वर्षीया बालिका उषा धामी रहेकिछन् । भदौ २० गते जिल्ला अस्पताल दार्चुला भर्ना गरिएकी ती बालिकामा डेंगुसँगै स्क्रब टाइफसको समेत संक्रमण देखाएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए । डेङ्‍गु र स्क्रब टाइफस समेत देखिएकी ती बालिकालाई अभिभावकले घर लगेका थिए ।

घर लगिएकी बालिकालाई स्थानीय स्वास्थ्यचौकिमा उपचार गर्दा बिहीबार बिहान ती बालिकाको मृत्यु भएको संयोजक ओझाले बताए । दार्चुलामा डेङ्गुका रोगीको संख्या उच्च रहेको छ । दार्चुलामा बिहीबार सम्म ३९ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । डुङ्गुकै कारण भदौ १४ गते धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि मृत्यु भएको थियो ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६