गण्डकी

आइतबार गण्डकी प्रदेश र मधेश प्रदेशमा सार्वजनिक विदा



काठमाडौं, २२ असोज । एक साताको दशैँ विदापछि असोज २३ गते आइतबारबाट सरकारी कार्यालयहरु खुल्छन् तर, २ वटा प्रदेशले भने यो दिन पनि सार्वजनिक विदा दिएका भएका छन् । गण्डकी प्रदेश र मधेश प्रदेशले आइतबार सार्वजनिक विदा दिने भएका हुन् ।गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिने भएको हो । प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।
।त्यस्तै मधेश प्रदेश सरकारले पनि असोज २३ गते सार्वजनिक विदा दिने भएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिनुभयो । उहाँका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

प्रकाशित : २२ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६