अर्थ-वाणिज्य

एकीकृत समाजबादीको मत २लाख ८१ हजार पुग्यो :३ लाख कटाउन सकश



काठमाडौं १४ मंसिर ।मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ। मंगलबार अबेर रातिसम्मसमानुपातिकतर्फ झण्डै एक करोड मत गणना गरिएको छ।समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासो बढेको छ।हालसम्म गणना भएको ९९ लाख ८८ हजार ५८५ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३०३ मत पाएको छ।
आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ।थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।
समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा ९एमाले० ले २६ लाख ९२ हजार ४५५ मत ल्याएको छ। दोस्रो नम्बरमा कांग्रेसले २५ लाख ४६ हजार ५१२ मत ल्याउँदा तेस्रोमा नेकपा ९माओवादी केन्द्र० ११ लाख ४३ हजार ४३२ मत पाएको छ।
माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १४३ मत ल्याएको छ।यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार ५७८ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ३०५ र जनमत पार्टीले ३ लाख ४६ हजार ८९५ मत ल्याएका छन्।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६