प्रदेश

गर्भवती वडा सदस्यको निधन



कपिलवस्तु, १६ मंसिर ।

कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा ३ की वडा सदस्य माधुरी लोहारको निधन भएको छ । २९ वर्षीय लोहारको आठ महिनाको गर्भ रहेको थियो । अत्याधि पेट दुख्न थालेपछि शिवराज अस्पतालमा उपचारको लागि पुगेकी लोहारलाई अत्याधि रक्तस्राप भएपछि बुटवल रिफर भएको थियो ।

उनको पेटमा आठ महिनाको गर्भ रहेको बताइएको छ । बुटवलमा उपचारका क्रममा उनको निधन भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी थारुले बताइन् । सदस्यको निधन भएपछि गाउँपालिकाले आइतवार सार्वजनिक विदा दिएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी वाट दलित सदस्यमा निर्वाचित भएकी थिइन् । उनका श्रीमान र तीन छोरी रहेका छन् ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६