अर्थ-वाणिज्य

बाणगंगालाई हिंसामुक्त नगर बनाउन प्रतिवद्ध छौं :मेयर अर्याल




पार्वती पाण्डे
कपिलवस्तु १६ मंसिर।बाणगंगालाई हिंसा मुक्त नगर बनाउन प्रतिवद्ध रहेको मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । समाजमा विद्यमान हानिकारक अभ्यास सम्बन्धी मधेश केन्द्रीत अन्तरक्रिया कार्यक्रम शुक्रवार वाणगंगा नगरपालिका बोल्दै यस्तो वताउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले लैंगिक हिंसा विरुद्ध नगरले विभिन्न कार्यक्रम गरेको बताउनु भयो । लैंगिक हिंसा अन्त्य गर्न नगरपालिकाले ठोस कदम चाल्ने मेयर अर्यालले बताउनु भयो।
नगरभित्र कोहि पनि हिंसामा पर्न नपरोस भन्दै विभिन्न सचेतीकरण कार्यक्रम गर्नुका साथै महिलाहरुलाई सिपमुलक कार्यक्रम गरिएको बताउनु भयो । नगरभित्र महिलाका समस्या र आवश्यकता पहिचान गरि कार्यक्रम गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख रिता कुमारी चौधरीले महिलालाई आर्थिक रुपले सवल बनाउदै लैजाने बताउनु भयो । समाजका सबै नागरिकले सोचमा परिवर्तन गरि छोरा र छोरीलाई समान व्यवहार गरेमा लैंगिक हिंसा कम हुने बताउनु भयो ।

कार्यक्रममा समाजमा विद्यमान हानिकारक अभ्यास सम्बन्धी प्रस्तुती आयोगक उपसचिव ओमकार शाह र संवैधानिक तथा कानुनी व्यवस्थाका बारेमा अधिवक्ता टुक वहादुर थापाले गर्नु भएको थियो । आयोगका सदस्य जया घिमिरेको अध्यक्षता शाखा अधिकृत विष्णु कुमारी न्यौपानेको सञ्चालनमा भएको कार्यक्रम विभिन्न संघ संस्थाका प्रतिनिधि , अधिकारकर्मी , सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६