खोज–अनुसन्धान

कवाडी सामानवाट यसरी घर हुन सक्छ सजिसजाउ




कपिलवस्तु १३ पुस ।जब हामी नयाँ घरमा प्रवेश गर्ने तयारीमा हुन्छौं, हाम्रो साथमा धेरै काम नलाग्ने सामानहरु निस्कने गर्दछन् । नयाँ घर नसर्दा पनि यस्ता सामानहरु ननिस्कने भने होइनन् । नयाँ घरमा प्रवेश गर्ने भनेपछि हामीहरु नयाँ किसिमको उत्साह हुन्छ ।मानिसको स्वभाव नै त्यस्तै हुन्छ । हामीहरु नयाँ कुरा अपनाउनुपूर्व नयाँ खुशी र उत्साह सिर्जना हुन्छ नै । त्यही उत्साहको समयमा हामी पुराना सामानहरुलाई फ्याँकेर नयाँ सामान किन्ने गर्छौं ।

तर, त्यो उत्साहको समयमा हामीले धैर्यता भने गुमाउनु हुँदैन ।नयाँ घरमा सर्ने बेला हामीले त्यो घरको बारेमा केही विषयहरु बुझेर मात्रै जानु राम्रो हुन्छ । एकपटक सरिसकेपछि घर केही वर्षको लागि त्यहीँ बिताउन सक्ने किसिमको हुनुपर्छ । त्यसैले बीचमा समस्या नआओस् भन्नको लागि हामीले घर सर्नुपूर्व नै केही कुराहरु बुझेर सर्नुपर्छ ।नयाँ घर सरिसकेपछि पुरानो सामानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या पर्छ । धेरै जनाका लागि पुराना सामानको व्यवस्थापन टाउको दुखाइको विषय हुनसक्छ । तर, व्यवस्थापन गर्न जानेको खण्डमा कुनैपनि सामानहरु बेका हुँदैनन् ।
कुन सामान कसरी व्यवस्थापन गर्ने ?
अर्कोतर्फ हामी घर सजाउनको लागि ठूलो रकम खर्च गर्छौं । घर बनाउन जतिसुकै खर्च गरेपनि त्यसलाई सुन्दर देखाउन सक्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले हामी धेरै रकम खर्च गर्नेभन्दा पनि बेकारका भनिएको सामानबाट नै घरलाई सजाउन सक्छौं । त्यसको लागि सबैभन्दा पहिले काम नलाग्ने र सजावटमा काम लाग्ने किसिमका सामानहरु पहिचान गर्न सक्नुपर्छ । त्यसका लागि हामी यहाँ केही जानकारी दिँदैछौं :
पुरानो ब्याग
पुरानो भइसकेको र काममा नआउने ब्यागलाई फ्याँक्ने होइन । नयाँ लुक्स दिएर आफ्नो मन पर्ने किसिमको फोटो लगाएर भित्तामा सजाउन सकिन्छ । अझ धेरै चाहनुहुन्छ भने त्यसमा कृत्रिम फूलको पनि प्रयोग गर्न सक्नुहुनेछ । यस्ता ब्यागहरु धेरै छन् भने त्यसैलाई भर्टिकल गार्डेनको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
काँचका बोतल
पुराना र फुटेका काँचका बोतल हामीहरु फाल्ने गर्छौं । यदि तपाईं चाहनुहुन्छ भने यसलाई घर सजाउनको लागि पनि प्रयोग गर्न सक्नुहुनेछ । पुरानो भएको उन र फेबिकलको सहायताबाट हामीहरु यी बोतलहरुलाई नयाँ रुप दिनसक्छौं । यसको प्रयोग हामी प्लावर पोटको रुपमा पनि गर्न सक्छौं ।
पुरानो दराज
घरको स्टोरमा रहेको पुरानो दराजलाई उठाएर यसको प्रयोग गर्न सकिन्छ । बेकार भएर एउटा कुनामा फालिएको फूलदानी र एण्टिक पिसेजहरुलाई सफा गरेर थोरै मात्रामा डेकोरेट गरेर हामी यसलाई सजाउन सक्छौं ।
पुरानो टायर
पुरानो भएर काम नलाग्ने टायरलाई नयाँ किसिमको एउटा रंग दिएर त्यसको बीचमा माटो हालेर पनि हामी नयाँ किसिमको सजावट गर्न सक्छौं । यस्तो गर्दा यो एक किसिमको गमलाको रुपमा देख्न सकिन्छ । त्यस्तै यही टायरलाई पनि बीचमा माटो हालेर माथि बस्ने कुर्सी जस्तो बनाउन पनि सकिन्छ ।
पुरानो बाक्सा
भलै कसैले पनि पुरानो बाक्सा प्रयोग गर्र्न रुचाउँदैनन् । तर, यो बाहिर फालेर पनि यसको पुनः प्रयोगमा ल्याउन सकिँदैन भने यसलाई नयाँ लुक्स लिएर हामी प्रयोगमा ल्याउन सक्छौं । पुरानो बक्सामा पेन्टिङ गरेर हामी त्यसलाई एउटा घरको कुनामा सजाउन सक्छौं ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६