खेलकुद

जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा



काठमाण्डौ, २४ पुस । लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रनमात्रै बनायो । जनकपुरका लागि समिउल्लाह शिनवारीले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुईरदुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । जनकपुरका जितेन्द्र मुखिया, सोमपाल कामी र अशान प्रियञ्जनले दुईरदुई विकेट लिए ।

आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ । जनकपुरले अब भोलि सोमवार हुने काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । इनिमिनेटरको विजेता फाइनलमा पुग्नेछ ।

प्रकाशित : २४ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६