खोज–अनुसन्धान

५० सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा गिरीको दावि पेशहुदै : आजै नियुक्ती पाउदै




कपिलवस्तु २६ पुस । करिव ५० सांसदको हस्ताक्षर सहित एमालेका संसदीय दलका नेता लिला गिरीले आज अपरान्ह प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीको दावि पेश गर्ने गरी हस्ताक्षर संकलन भएको छ । जस अनुसार नेकपा एमालेका गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर त्यसको एक दिन अगाडि नै गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ ।सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३र३ जना सांसद छन् ।यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद छन् ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६