अन्तर्राष्ट्रिय

पहिलो एक दिवसीयमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हरायो



काठमाण्डौ २६ पुस – पाकिस्तानले पहिलो एक दिवसीय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जितसँगै घरेलु टोली पाकिस्तानले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । जितको लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४८ ओभर १ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।
पाकिस्तानका मोहम्मद रिजवान सर्वाधिक ७७ रनमा अविजित रहे । कप्तान बाबर आजम ६६ रनमा आउट भए । ओपनर फखार जमानले ५६ रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेलले दुई विकेट लिए । टिम साउथी र ग्लेन फिलिप्सले एकरएक विकेट लिए । त्यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो ।
न्युजिल्यान्डका माइकल ब्रेसवेलले सर्वाधिक ४३ रन तथा टम लाथमले ४२ रन बनाए । पाकिस्तानका नसिम शाहले ५ विकेट लिए । उस्मान मीरले दुई, मोहम्मद नवाज र मोहम्मद वासिम जुनियरले एकरएक विकेट लिए । यी दुई देशबीचको दोस्रो एक दिवसीय बुधवार र तेस्रो खेल शुक्रवार हुनेछ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६