प्रदेश

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै



तुलसीपुर २७ पुष – राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको ३०१ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो ।
पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताएका छन । विसं १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उनि पराजित भएका थिए । उनि विसं १८०१ मा नुवाकोटमा विजयी भएका थिए ।
यसैगरी कीर्तिपुरमा पनि उनि दुई पटक पराजित भएका थिए । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गरेका थिए। यसपछि भारतमा उपनिवेश चलाइ रहेका अङ्ग्रेज पनि उनिसँग डराएका थिए ।
शाहले ‘व्रतरत्न माला’ नामक कृति लेखेका थिए । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाएका थिए। ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।
नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ। अहि समय कटौती गरिएको सार्बजनिक विदा आज देखि दिन सुरु गरिएको छ। ।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६