ब्रेकिंग न्युज

लियो क्लब अफ कपिलवस्तु द्वारा ३०१औ पृथ्वी ज्यंती कार्यक्रम दीप प्रज्वलन गरी सम्पन्न



कपिलवस्तु २७ पुस ।

विगत लामो समय देखी सामाजिक संस्था लियो क्लब अफ कपिलवस्तुले ३०१ औ पृथ्वी ज्यंती तथा राष्ट्रीय एकता दिवसको अवसरमा बनगाई चोकमा दीप प्रज्वलन गरी सम्पन्न गरेको छ ! उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लियो सागर बन्जाडे , प्रमुख अतिथि लियो क्लब अफ कपिलवस्तुका संस्थापक अध्यक्ष लियो नवराज घिमिरे , विशिष्ट अतिथि लायनसका तर्फ बाट लियो को-अडीनेटर लायन सन्दीप भट्टरई , सल्लाहकार दीपक कुमार कुंवर र लियो जिल्ला परिषद ३२५ पी नेपालका रीजन ३का रीजन प्रमुख लियो पाण्डव भण्डारी अतिथिमा लायनस क्लब अफ कपिलवस्तुका सदस्य प्रेम पाण्डे लागायत स्थानीयको उपस्थितिमा सम्पन्न भएको हो ! कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं रीजन ३का रीजन प्रमुख पाण्डव भण्डारी – लियोले सदैव सामाजिक कार्य मात्र नभई यस्ता कार्यक्रमले समाजले लियो लाई हेरने दृष्टिकोण फरक हुने कुरा गर्नु भयो !


कार्यक्रममा बोल्दै विशिष्ट अतिथि दीपक कुमार कुंवर – राष्ट्रीय एकीकरण का मुख्यअभियान्ता राष्ट्र निर्माता श्री५ पृथ्वी नारायण शाहा को जन्म जयन्ती तथा राष्ट्रीय एकता दिवस को शुखद अवसर लाई पर्दा भित्र सिमीत गरीएको थियो सम्माननीय प्रधानमंन्त्री पुष्पकमल दाहाल ज्यूको नेतृत्वको सरकारले पौष २७ लाई राष्ट्रीय विदा दिने निर्णय स्वागत योगय रहेको भन्दै शुभकामना दिनु भयों ! विशिष्ट अतिथि सन्दीप भट्टरई – नेपाल एकीकरण का राष्ट्र नायक पृथ्वी नारायण शाहा को जन्म दिन र उहाँ को सम्झनामा मनाईने पृथ्वी जयन्ती को सम्पूर्ण नेपाली लाई शुभकामना व्यक्त गर्नु भयो !


प्रमुख अतिथि नवराज घिमिरेले – यस दिनलाई पर्वको रूपमा मनाऊँन आग्रह गर्नु भयो र साथै पृथ्वी नारायण शाहा, राजा बादीका निजी र हामी गणतन्त्र पक्षधरका अर्गेला होइनन’ईतिहास सदैब कुरुर हुन्छ,यो बिजेताकै पक्षमा लेखिन्छ’तत्कलिन समयमा कती नेपाली मरेर सिङो नेपाल बन्यो, भन्दा पनि हामी नेपाली उनैको प्रयास ले भएका हौ! पृथ्वी जयन्ती लाई एकता दिबस रुपमा मनाऔ भन्दै शुभकामना व्यक्त गर्नु भयो ! कार्यक्रम समाप्त गर्दई संस्थाका अध्यक्ष सागर बन्जाडेले भन्नू भयो – पुर्ण नेपालको एकीकरण गर्ने माननीय अग्रज पृथ्वी नारायण शाहा को जन्मोत्सव को हामी सबैलाइ शुभकामना भन्दै पृथ्वी अमर रहुन राष्ट्रिय एकता सुदृढ होओस् नेपाललाई एकसुत्रमा बाध्ने राष्ट्र निर्माता स्व.पृथ्वीका प्रति हार्दिक श्रद्वाञ्जली भन्दै सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भयो ! लियो क्लब अफ कपिलवस्तुका प्रेस प्रमुख लियो पशुपति गिरीको संचालनमा सम्पन्न कार्यक्रम उपाध्यक्ष मधुसुधन गन्धर्वको स्वागत मंतव्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रवीण गौतम, स-कोषाध्यक्ष हरी गैरे , सदस्यहरु :- दीप प्रज्वल कार्यक्रमका संयोजक केशव खनाल, आशीष भट्टरई, आयुष पाठक सहित लियो क्लब अफ कपिलवस्तुका नवा सदस्य विशाल अधिकारीको उपस्थिति सहित स्वागत पनी गरियो

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६