अर्थ-वाणिज्य

तीन जिल्लाको संगमस्थल रिडीमा माघे सक्रान्ति मेला शुरु हुदै




पाल्पा ३० पुस । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल विश्वकै धार्मिक, पौराणिक एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाममध्ये एक धाम रुरु क्षेत्रमा माघे मेला अर्थात माघे संक्रान्ति मेला शुरु हुने अन्तिम क्षणमा रहेको छ । तीन जिल्लालाई केन्द्रबिन्दु बनाइ यो मेला हरेक वर्ष लाग्ने गर्दछ। यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिदै आइएको छ । प्रत्येक बर्ष लाग्ने यो मेला तीन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ।
पाल्पा जिल्लातर्फ धार्मिक कार्यक्रम भजन (कृतन पुजा पाठ भणडारा दान पुन्य जस्ता कार्यक्रम बढी मात्रमा गरिन्छ । यस्तै गुल्मी तर्फ रुरु फेन्डस कलब र फेण्ड्स क्लबले स्थानीयको साथ र सहयोग र वडा र पालिकासंग समन्वय गरी बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी समेत पूरा गरेको रुरु फेन्डस कलबका अध्यक्ष सोभित थापाले जानकारी दिनुभयो ।यस्तै स्याङ्जातर्फ यसवर्ष युवाको साथ सहयोगमा पहिलो पटक वडा अध्यक्ष कलब भलिबल प्रतियोगिताको आयोजना गरिएको र सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष कृष्णबहादुर लामिछानेले बताउनुभयो। यो मेला पौराणिक मेला भएकोले कुनै पनि मेलाको आयोजना गर्न नपरेतापनि व्यवस्थापन संरक्षण सुरक्षाका कारणले मेलालाई रौनकताका साथ आयोजना समेत गरिदै आइएको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनुभयो ।
अध्यक्ष विकले मेलालाई व्यवस्थापन र पूर्ण रुपमा सुरक्षाको प्रत्याभुति भक्तजनलाइ दिलाउनको निम्ति वडामार्फत पालिका जिल्ला प्रशासन, जिल्लाका सुरक्षा निकायसंग सहकार्य गरेर अगाडी बढेको बताउनुभयो। मेलामा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत,रुकुम, रोल्पा, काठमाडौ, दाङ, परासी, झापा र इटहरीबाट समेत भक्तजन भगवानको दर्शनको निम्ति आउने गर्दछन ।पौराणिक महत्त्व रहेको यो क्षेत्र तीन जिल्लाको संगमस्थल भएकोले कालीगण्डकी नदीमा स्नान गरी भगवान ह्षीकेशको दर्शन गर्ने दानपुन्य गर्ने जपतर्पण मार्जन गर्नाले देव ऋण पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने कुरा बराहा पुराणमा उल्लेख भए अनुसार यहाँ तिर्थ यात्रीहरु आउने गर्दछन ।

मेला व्यवस्थित रूपमा संचालन गर्नका लागि तयारी गरिएको तानसेन १४ का वडा अध्यक्ष शोभाखर भट्टराइले जानकारी दिनुभयो । मेलामा छिमेकी जिल्ला तथा यस क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको समेत स्थलका लागि व्यापारी तथा व्यवसायी रिडीमा आइसकेका छन् । स्थानीय रूपमा उत्पादन भएका बस्तु तथा लत्ताकपडालिएर मेलामा भक्तजन तथा व्यापारी आउने गर्ने प्रचलन रहेको छ ।मेलामा तीनमुखे पुल, देवदत्त पार्क, गलफुल गुफा, हनुमान थान, रुरु क्षेत्रका मठमन्दिर १०००८ शालिकराम लगायत थुप्रै आकर्षक केन्द्रहरु रहेका छन् ।

प्रकाशित : ३० पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६