गण्डकी

पोखरा विमान दुर्घटना : ‘टर्निङ’ मा समस्या हुँदा विमान खसेको अनुमान



काठमाण्डौ १ माघ – ६८ जना यात्रु बोकेर काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ ।
बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको जहाज अवतरण हुनै लाग्दा सेती खोँचमा खसेर दुर्घटनामा परेको हो । खोलामा खसेको विमानमा आगोले जलिरहेको छ । कास्कीका प्रहरी उपरीक्षक अजय केसीले अहिले नि आगो निभाउने प्रयास चलिरहेको जानकारी दिनुभयो ।
भर्खरै सञ्चालनमा आएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला हुनै लाग्दा विमान दुर्घटनामा पर्नुलाई हवाई क्षेत्रका व्यक्तिहरुले नै आश्चर्यका रुपमा हेरेका छन् । सुगम भौगोलिक क्षेत्र र विमानस्थल नजिकै विमान खस्नु निकै दुस्खद् घटना भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाइ छ ।
‘अवतरणको बेला टर्निङ लिँदा समस्या छ भन्ने सुनेको हो, आज त्यै समस्याका कारण दुखद् दुर्घटना भएको अनुमान गरेका छौँ ।’ यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६