खेलकुद

रुपन्देहीमा रोहिणीमा आजदेखि मेयर कप क्रिकेट प्रतियोगिता हुँदै



भैरहवा ३ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा मंगलबार ९भोली० देखि मेयर कप–२०७९ ९क्रिकेट प्रतियोगिता० हुने भएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए।
माघ ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहने कुर्मीले जानकारी दिए । प्रतियोगिताको विजेता टीमलाई रु। ६० हजार र उपविजेतालाई रु। ३० हजार प्रदान गरिने उनले बताए । मंगलबार बिहान ११ बजे प्रतियोगिताको उद्घाटन हुने र उद्घाटन खेल रोहिणी–१ र रोहिणी–३ बीच हुने आयोजकले जनाएका छन् ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले खेलकुद क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘क्रिकेटप्रति युवाहरुको रुची बढ्दो छ, सोहीअनुसार युवाहरुलाई प्रोत्साहन गर्न र खेल क्षेत्रको विकासका लागि गाउँपालिकाको सहयोगमा क्रिकेट प्रतियोगिता हुँदैछ । ’उनले यसअघि गाउँपालिकाले कुस्ती प्रतियोगिता समेत आयोजना गरिसकेको बताए ।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६