जीवनशैली

विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने



काठमाण्डौ ३ माघ – अबदेखि विद्यालयहरुले कक्षा १ मा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको हो । यस्तै केन्द्रले कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि रोक लगाएको छ ।
कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै पालिका र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अहिले सहरका विभिन्न ठाउँमा कक्षा १ मा विद्यार्थीलाई प्रवेश परीक्षाका लागि भनेर महिनौँदेखि घोकाउने तथा कण्ठस्थ गराउनेजस्ता गतिविधि भइरहेका छन् । यस्ता गतिविधिले बालबालिकाको सिर्जनात्मक र अन्तर्निहित प्रतिभामा हानि पुर्याउने भन्दै विरोध भइरहेको छ ।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६