खोज–अनुसन्धान

बिश्व कार्की सहितका २ युवा हतियारसहित पक्राउ




बुटवल ४ माघ। बुटवल उपमहानगरपालिका ११ देवीनगरबाट विभिन्न हात हतियारसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका(४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका २ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।उनीहरु ‘रोयल ग्रुप’ नामक समूह बनाई विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा नविनको साथबाट १ थान रिभल्वर फेला परेपछि दुवै जनालाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका १ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा ९ एमएमको गोली १४ राउण्ड, ७.२ एमएमको गोली ४ राउण्ड ३५ राउण्ड र ०.४ को गोली १७ राउण्ड गरि कुल ३५ राउण्ड गोली पक्राउ गरेको छ।
तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ । नवीन चन्द्र रेग्मी विगतमा जनमुक्ति सेना रहेको र स्वयच्छिक अवकास लिएर बसेको अनुसन्धानको क्रममा बुझिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीका उद्योगी व्यवसायीहरुको लिष्ट नै तयार पारी १० हजारदेखि लाखौ रकमसम्म असुलीका लागि धम्की दिने गरेको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।२ हप्ता अगाडि उजुरी आएपछि अनुसन्धानमा लागेको उनले बताए । उनीहरुलाई म्याद थप गरि हात हतियार तथा बिस्पोटक पदार्थ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६