खेलकुद

बुटवलको इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह



बुटवल ४ माघ । रुपन्देहीको बुटवल- ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा मँगलबारदेखि खेलकुद सप्ताह शुरू भएको छ । खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्नका लागि आयोजित सप्ताहमा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीलाई विभाजन गरि प्रतियोगिता गराईने अतिरिक्त क्रियाकलाप संयोजक मनोज क्षेत्रीले बताए ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी खेलकुद कार्यक्रममा भलिबल, फुटसल, रीले दौड सटपट, हाइजम्प, लङजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्सी दौड, साइकिल दौड, बास्केट बल, खो(खो लागायतका खेलहरूमा प्रतिस्पर्धा गराईने छ। खेल सप्ताहको उद्घाटन गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीले खेलकुदले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए । विद्यालय कोर्डिनेटर माया पौडेलको स्वागतमा भएको उद्घाटनसत्र कार्यक्रमको र सन्चालन शिक्षक सुरज विकले गरेका थिए । खेल सप्ताह शुक्र बारसम्म चल्ने छ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६