जीवनशैली

पाल्पाको निस्दी गाउँपालिकामा पंखा मर्मतपछि हावाबाट बिजुली



पाल्पा ४ माघ — पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल रुक्सेभन्ज्याङमा हावाबाट बिजुली निकाल्न थालिएको छ । निर्माण कम्पनीले पंखा मर्मत नगर्दा एक वर्षदेखि विद्युत् उत्पादन बन्द थियो ।
पंखा मर्मत गरेपछि अहिले १५ किलोवाट विद्युत् उत्पादन भइरहेको गाउँपालिकाका अधिकृत अर्जुन खनालले बताए ।सोलारबाट भने १० किलोवाट विद्युत् उत्पादन भइरहेको थियो ।
निर्माण कम्पनीको बेवास्ताले पंखा बिग्रिंदा हावाबाट उत्पादन हुने विद्युत्मा कटौती भएको हो । एक वर्षको बीचमा गाउँमा राष्ट्रिय प्रसारण लाइन जडान भएपछि सोलारबाट निकालिएको बिजुली पनि प्रयोगमा आएको थिएन । निर्माण व्यवसायीले मर्मतसम्भार गरेर पंखा सञ्चालन गरेपछि हावा र सोलारबाट उत्पादन भइरहेको २५ किलोवाट बिजुली वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पालिकालाई हस्तान्तरण गरेको छ ।
निर्माण व्यवसायीले एक वर्षसम्म मर्मत नगरेपछि स्थानीय बासिन्दाले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् जडान गरेका हुन् । गाउँटोलमा प्रयोगमा नआएपछि गाउँपालिका र मित्यालको रुक्सेभन्ज्याङ बजार क्षेत्रमा सडक बत्तीका लागि हावा र सोलारबाट निकालिएको बिजुली प्रयोग सुरु भएको पालिकाका अधिकृत खनालले जानकारी दिए ।
हावाबाट बिजुली निकाल्ने ठेक्का निर्माण कम्पनी कृष्ण ग्रिल एण्ड इन्जिनियरिङ वर्क्स प्रालि विराटनगरले पाएको थियो । लामो समय मर्मत नगर्दा स्थानीयले समस्या खेप्नुपरेको वडाध्यक्ष सन्तवीर सुनारी मगरले बताए । चार वर्षअघि हावाबाट बिजुली निकालेर मित्यालस्थित चार गाउँका १ सय ५० घरधुरीले मासिक १ सय ५० रुपैयाँ महसुल तिर्दै बिजुली बालेका थिए ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६