प्रदेश

कपिलवस्तु अस्पताल नेपालमै प्रथम



कपिलवस्तु, ०५ माघ । स्वास्थ्यका न्युनतम सेवा मापदण्ड (मास) पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा नेपालमै प्रथम भएको छ । आर्थिक वर्ष २०७९ र ०८० सालको न्युनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मुल्यांकमा नेपाल भरिका अस्पताललाई पछाडी पारेर सबैभन्दा धेरै ९६ प्रतिशत अंक ल्याई अस्पतालले प्रथम स्थान हासिल गरेको हो ।

स्वास्थ्य निर्देशनालयबाट आएका स्रोत व्यक्ति, गुल्मी अस्पतालका वरिष्ठ मे सु डा. उत्तम पच्याले सोबारे विहिबार अस्पताललाई जानकारी गराएका थिए ।

अस्पतालका अध्यक्ष शिवलाल यादवले यस कार्यमा अहोरात्र खट्ने वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडे, डा. जावेद अहमद खान, डा. गणेश क्षेत्री, डा. अभिषेक श्रीवास्तव, डा. अमुल्य कुमार पाठक लगायतलाई धन्यबाद दिए ।

यो उपलब्धि हासिल गर्न हरदम सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कपिलवस्तु जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु नगरपालिका लगायत जिल्लाका सबै स्थानीय तह, जिल्ला समन्वयन समिती, प्रत्रकार लगायतलाई मेसु वञ्जाडेले धन्यबाद समेत दिएका छन् । सबैको साथ रहेमा अस्पताललाई थप स्तरोन्नति गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा. बन्जाडेले बताए ।

प्रकाशित : ५ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६