अर्थ-वाणिज्य

नगर भित्रका महिलालाई सक्षम बनाउने योजना हामीसंग छ : उपमेयर चौधरी




कपिलवस्तु ५ माघ ।सिद्धिपुर सामाजिक महिला विकास संस्थाको आयोजना र वाणगंगा नगरपालिकाको सहयोगमा ३ दिने नेतृत्व तथा क्षमता विकास तालिम विहिवार देखि सकिएको छ । तालिमको समापन गर्दै नगर उपमेयर रीता चौधरीले महिलालाई नेतृत्वमा ल्याउनका लागि नगरले महिलालाई सक्षम बनाउने योजना रहेको बताउनु भयो । महिलालाई नगरले विभिन्न सिपमुलक कार्यक्रमहरु गरि आत्मनिर्भर बनाउदै लगेको समेत उहाँले जनाउनु भयो । महिलाहरु आर्थिक रुपले सबल हुनु पर्नेमा जोड दिदै उपमेयर चौधरीले उत्पादन कार्यमा लाग्न समेत आग्रह गर्न भयो । महिलाको आवश्यकता पहिचान गरि दिर्घकालिन योजना सहित नगरले महिलाहरुको लागि काम अगाढि बढाउने उहाँले बताउनु भयो ।

महिलाहरु सबै प्रकारबाट शसक्त हुदै गएमा महिला माथि हुने हिंसा पनि कम हुने उहाँले जनाउनु भयो । कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका महिला तथा वालवालिका शाखा प्रमुख शुसिला पन्तले नगरले महिलालाई हरेक प्रकारबाट सक्षम बनाउने कार्यमा लागेको बताउनु भयो । राम्रो काम गर्नेहरुलाई सहयोग पनि गर्दै जाने उहाँले बताउनु भयो । कार्यक्रममा मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य रोमाकान्त घिमिरेले महिलाहरुको शसक्तिकरणले घर परिवार , समाज र राष्ट्र समृद्ध बन्ने बताउनु भयो ।


संस्थाका अध्यक्ष सिता न्यौपानेको अध्यक्षता सचिव नमुना पौडेललको सञ्चालन भएको समापन कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष दिना सुबेदी कमाल , राष्ट्रिय वुद्ध दर्पण दैनिकका सम्पादक पार्वती पाण्डे , एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा राई , सञ्चारीका समुहका सचिव शेरिफ केशी लगायतले बोल्दै महिलाहरु नेतृत्वमा आउन आवश्यक रहेको बताउनु भएको थियो । नगरभित्रका करिब ४१ जना महिलाहरुको सहभागीता रहेको तालिमको सहिजकरण मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित : ५ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६