अर्थ-वाणिज्य

कपिवस्तुका उखु किसानले ९ बुँदे माग कार्यान्वयन नभए आन्दोलन गर्ने




माधव बेल्वासे
कपिलवस्तु ५ पुस।
कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार ईलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । आव २०७१।७२ मा प्रति क्विन्टल नेपाल सरकारले रु २५ रुपैयाँ दिने निर्णय गरे पनि अहिले सम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ । त्यस्तै महालक्ष्मी सुर्गस मिलले किसानको रकम वाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकोले उक्त मेसिन किसान संघको नाममा गरिदिने,२०७३।७४ मा सरकारले तोकेको मूल्य भन्दा महालक्ष्मी सुर्गस मिलले कम मूल्यमा उखु खरिद गरेकोले डिफर रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
सरकारले उखुको मूल्य वर्षे नि तोक्ने तर स्थानीय व्यापारीले किसानाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । किसानहरूको मागमा सिचाई को व्यवस्था, किसानले ट्याक्टर खरिदमा भन्सारमा सहुलियत,चिनी मिलको स्थापना लगायतका ९ बुँदे माग गरिएको छ । पटक पटकको आन्दोलन पछि २०७७ साल पौष १३ गते नेपाल सरकार सँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी रहेको अध्यक्ष चौधरीले बताउनुभयो । ज्ञापन पत्र दिँदै अध्यक्ष चौधरीले माघ २० गते सम्म पनि कुनै सुनुवाइ नभएमा माइतीघर मण्डलामा धर्ना प्रदर्शन गर्ने जानकारी दिनुभयो ।
किसानहरूले जिविको उपार्जनको रूपमा उखु खेती गरे पनि सरकारले संरक्षण गर्नुपर्ने समयमा उद्योगहरूलाई संरक्षण गरेको आरोप लगाउनुभयो । पटक पटक आन्दोलन गर्दा समेत सुनुवाइ नभएकोले किसानहरू पीडित बन्ने अवस्थामा रहेको चौधरीको भनाई छ । विगतको तुलनामा उखु उत्पादन गर्ने किसानहरूको सख्या पनि घटेकोले ध्यान दिनुपर्ने बताउनुभयो । शिवराज नगरपालिका ७ जवाभारी स्थित महालक्ष्मी सुर्गस मिलमा उखु बिक्री गरेवापतको रु २ करोड ५० लाख रकम किसानले रकम पाउनुपर्ने छ । मिल भने यहाँ वाट सरेर सर्लाही गइसकेको छ ।

प्रकाशित : ५ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल