खेलकुद

लुम्बिनी प्रदेशमा खेलकुद शिक्षकलाई खेल प्रशिक्षण



बुटवल, ०६ माघ । लुम्बिनी प्रदेशमा खेलकुद शिक्षकलाई खेल प्रशिक्षण सुरु गरिएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा बिहीबारदेखि बुटवलमा तीन दिने खेलकुद शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्रालयका युवा तथा शिक्षा महाशाखा प्रमुख मनोज गैरेले खेलका नयाँ नियमहरू बारे ज्ञान लिन तालिम प्रभावकारी हुने बताए । १३ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई लक्षित गरी प्रशिक्षण सुरु गरिएको हो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा अघिल्लो वर्षभन्दा थप प्रदेशको बलियो उपस्थिति गराउन तालिम सहयोग सिद्ध हुने गैरेले बताए । खेलकुदलाई पाठ्यक्रमको अभिन्न अङ्ग मानिए पनि कार्यान्वयनमा कठिनाइ रहेको उनले बताए । खेलाडी उत्पादनको आधारका रूपमा रहेको भए पनि सबै विद्यालयमा खेलकुद शिक्षक व्यवस्था गर्न नसकिएको बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले १२ औ राष्ट्रपति रनिङशिल्डमा उत्कृष्ट गरेको प्रदेशलाई अझ बलियो प्रदर्शन गर्न मद्दत मिल्ने बताए । देशभरमै खेल क्षेत्रमा विज्ञता हासिल गरेका खेल प्रशिक्षकहरूबाट तालिम चलाएर उत्कृष्ट नतिजा ल्याउने आशावादी गरिएको उनले बताए ।

कार्यक्रममा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कबड्डीका मुख्य प्रशिक्षक पार्वती राई, राष्ट्रिय महिला भलिबल टिमको मुख्य प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण दिने छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका ६० विद्यालयका खेल शिक्षकहरू सहभागी छन् ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६