अर्थ-वाणिज्य

९ हजार विधार्थीको पढाई बिथोल्नेगरी महोत्सव संचालन नगर्न आग्रह




अराज बेल्बासे
अर्घाखाँची ६ माघ ।अर्घाखाँची महोत्सव स्थान छनोट प्रति प्याप्सन अर्घाखाँचीको ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष कमल बेल्बासेले एक बिज्ञप्तिजारी गर्दै करिव ९ हजार बिद्याथी अध्यनगर्ने बिद्यालय नजिक महोत्सव हुँदा पठन पाठन प्रभाबितहुने भएकोले अन्य उचित स्थानमा महोत्सवगर्न आयोजकलाई सुझाव दिइएको छ । विज्ञप्तिमा भनिएको छ अर्घाखाँची जिल्लामा यहि माघ ११ गते देखि २४ गते सम्म उद्योग बाणिज्य संघ अर्घाखाँची र चेम्बर अप mकमर्स अर्घाखाँचीको आयोजनामा संचालन हुनलागेको ब्यापारीक मेलाको स्थानको छनोट प्रति प्याब्सन अर्घाखाँचीको ध्यानाकर्षण भएको भएको छ ।
आयोजक दुबै पक्षले स्थानको बारेमा नजिक रहेका बोर्डिङ स्कुलहरु सँगकुनै सम्पर्क,अन्तरकृया,र छलफल नगरी हजारौं विद्यार्थीको पढ्न पाउने संबैधानिक अधिकार लाई बन्चित गर्ने गरि स्थान छनोट प्रतिप्याब्सन अर्घाखाँची गम्भीर आपत्ति प्रकट गरेको छ ।जिल्लामा महोत्सव मेलाले आर्थिक तथापर्यटन प्रबर्द्धनको लागि राम्रो भएता पनि प्रत्यक्ष रुपमा कुनै संघ सस्था समाजवा तेस्रो पक्षलाई असर नपर्ने गरि उपयुुक्त स्थान परिवर्तनको लागि सम्बन्धित सरोकारवालाहरुले ध्यान पुर्याउनु हुन अनुरोध गरिएको छ । प्याप्सनले बिद्यार्थीको पठनपाठनमा अबरोध हुने भन्दै जिल्ला प्रशासनमा समेत स्थान परिर्वतनगर्न भन्दै ज्ञापन पत्र पेश गरिएको प्याप्सन अध्यक्षकमल बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६