प्रदेश

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुद्वारा निःशुल्क स्वास्थ्य शिविर, करिब २ सय जना लाभान्वीत



कपिलवस्तु, ०८ माघ । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा सनिवार जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, क्लबका एजी प्रेम भुर्तेल, सेन्ट्रल बुटबलका पुर्व अध्यक्ष बाबुराम भट्टराईको विशिष्ट आतिथ्यतामा उक्त शिविर सम्पन्न भएको हो ।


बाणगंगा बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको उक्त शिविर बाट करिब २ सय जनाले सेवा लिएका छन । महिला रोग, बाल रोग, जनरल फिजिसिय, दाँत रोग, प्रयोगशाला लगायतका सेवाको लागि बुटबल बाट ४ जना विशेषज्ञ डाक्टरहरुको उपस्थिती रहेको थियो । उक्त् शिविरमा भिडियो एक्सरे र प्रयोगशाला सेवामा ५० प्रतिशत छुट समेत दिइएको थियो । कार्यक्रमको संचालन भने क्लब सचीव बेदुराम पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित : ८ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६