प्रदेश

कपिलबस्तुबाट सरुवा भई जान लाग्नु भएका प्रजिअ मिश्रालाई विदाई



कपिलवस्तु, ०९ माघ ।
कपिलबस्तु जिल्लाबाट रौतहट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई कपिलबस्तु जिल्लाका नगरपालिकाका नगरप्रमुखहरुद्धारा विदाई तथा मायाको चिनो सहित सम्मान गरेका छन् ।

सो अवसरमा प्रजिअ मिश्रले आफ्नो १० महिने कार्यकालमा जिल्लाका लागि शान्ति सुरक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । साथै जिल्लामा दुई वटा निर्वाचन स्थानिय, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई पनि भय रहित बातावरणमा सम्पन्न गरेको बताउनुभयो । जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहमा सहजता ल्याउन सक्दो प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल र कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले सयुक्त रुपमा विदाई तथा सम्मान गर्नु भएको छ । साथै पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यद्धारा पनि खाँदा लगाएर विदाई गरिएको हो ।

प्रकाशित : ९ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६