प्रदेश

खरखडाइका लागि बर्दिया निकुञ्ज प्रवेश गरेकी महिला बाघको आक्रमणबाट घाइते



बर्दिया, १० माघ । खरखडाइका लागि बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेकी एक महिला बाघको आक्रमणबाट घाइते हुनुभएको छ । 

ठाकुरबाबा नगरपालिका ३, नेउलापुर गाउँकी ३२ वर्षिया जानकी बिष्ट (कार्की) बाघको आक्रमणबाट घाइते हुनुभएको हो ।

घाइतेको कुममा बाघले आक्रमण गर्दा गम्भीर चोट लागेको र भुरिगाउँको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बर्दिया निकुञ्जका सुचना अधिकारी मुकुन्द संजेलले जानकारी दिनुभयो ।

हिजो सोमवार पनि गैँडाको आक्रमणमा परि गेरुवा गाउँपालिकाका दुई जना सामान्य घाइते भएका निकुञ्जले जनाएको छ । उहाँहरुको पनि नेपालगञ्जमा उपचार भइरहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले हरेक वर्ष पुस वा माघ महिनामा मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि घर छाउने खर र गाइबस्तु बाँध्ने डोरीका लागि बाबियो काट्न खरखडाइका लागि निकुञ्ज प्रवेश खुला गर्ने गर्छ । यस वर्ष हिजो सोमवार र आज दुई दिनका लागि निकुञ्ज प्रवेश खुला थियो ।

प्रकाशित : १० माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६