प्रदेश

केही ठाउँमा आंशिक बदली तथा हल्का वर्षाको सम्भावना



बुटवल ११ माघ । देशभर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि केही भूभागमा आंशिक बदली रही हल्का वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भूभागमा आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी भूभागमा हल्का हिमपात हुने हुनाले चिसो बढ्ने विभागको भनाइ छ । भोलि बिहीबार प्रदेश १, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ । त्यस्तै, माघ १३ गते शुक्रबार पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६