प्रदेश

बुटवलको अक्सफोर्ड माविमा दुई दिवसीय पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम



बुटवल ११ माघ । बुटवल सुख्खानगरका रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार र बुधवार दुई दिवसीय पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । पुर्वप्राथमिक, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई शैक्षिक उत्कृष्टताको पुरस्कार वितरण तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको हो । अक्सफोर्ड माविले मंगलबार पुर्वप्राथमिकदेखि कक्षा तीन सम्मका विद्यार्थीको शैक्षिक पुरस्कार वितरण तथा प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको हो ।
कार्यक्रम कक्षा तीन सम्मका विद्यार्थीहरुले विभिन्न साँस्कृति प्रस्तुतीहरु देखाएका थिए । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरका शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले रुपन्देहीको शैक्षिक विकासमा अक्सफोर्डले पुराएको योगदान अतुलनीय रहेको भन्दै थप शैक्षिक प्रगतिको कामना गरे । उनले अक्सफोर्ड विद्यालयले विद्यार्थीलाई प्रयोगगात्मक शिक्षामा जोड दिँदै आएको भन्दै अब विद्यार्थीलाई नैतिक शिक्षा पनि जरुरी रहेको बताए । उनले निजी क्षेत्रमा अक्सफोर्ड अगाडिनै रहेको उल्लेख गर्दै अव संस्थागत विद्यालयहरुले प्रयोगात्मक शिक्षालाई पनि सँगसँगै लैजानु पर्ने सुझाव दिए । उनले त्यसका लागि सरकार र संस्थागन विद्यालय बीचको एकता र सहकार्य आवश्यक रहेको धारणा राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य चिरन्जीवि सापकोटा र शिक्षक अस्मिता थापाको संयुक्त संचालन तथा मोहन खनाल क्षेत्रीले स्वागत गरे । कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली लगायतले शैक्षिक गुणस्तर वृद्धिमा अक्सफोर्डले उदाहरणीय कार्य गरेको बताए । कार्यक्रमको विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य दिनेश भुसालले विद्यालयले संस्कारसहितको शिक्षालाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित : ११ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६