प्रदेश

राष्ट्रियसभा उपनिर्वाचन उम्मेदवारी दर्ता आज



घोराही ११ माघ । माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ता हुने भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार जिल्ला अदालतको पुरानो भवन परिसरमा उम्मेदवारी दर्ता हुने र दिउँसो ३ देखि ४ बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदारी दर्ता गर्ने तयारी छ । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते मतदान घोराहीस्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान हुने भएको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार उपनिर्वाचनका लागि माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र माघको १४ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी माघको १५ गते उम्मेदवारले नामावली फिर्ता लिने, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिएका छन् ।

प्रकाशित : ११ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६