ब्रेकिंग न्युज

सरस्वती पुजाको अवसरमा ‘१५ जना सेवा निवृत्त शिक्षकलाई सम्मान’



कुलराज भुसाल
कपिलवस्तु १२, माघ
कपिलवस्तुको बाणगंगा–६ बैदौली स्थित कपिलवस्तु ज्ञानज्योती शिक्षा सदनले सरस्वती पुजाको अवसरमा १५ जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुमा सेवा गरी सेवा निवृत्त हुनुभएका पूर्व शिक्षहरुलाई विद्यालयले सम्मान गरेको हो । आफ्नो जीवनकालको उर्जाशील समय शिक्षा क्षेत्रमा व्यतित गरी शैक्षिक जगतको उन्नयनमा महत्वपूर्ण योगदान गर्नुभएकाले पूर्व शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
विद्यालयले सेवा निवृत्त शिक्षकहरु झविलाल पोख्रेल, धर्मराज भुसाल, द्रोणप्रसाद आचार्य, राधेश्याम चौधरी, राजेन्द्रप्रसद आचार्य, डिल्लीराज अर्याल, बालप्रसाद पौडेल, मनिराम रोक्का, चेतनाथ पौडेल, पदमलाल खनाल, लक्ष्मीनारायण पौडेल, गुनाराम गिरी, जोखनप्रसाद चौधरी, हिमलाल बेल्बासे र लक्ष्मी पौडेललाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै सेवा निवृत्त शिक्षक झविलाल पोख्रेलले जिल्लाको शैक्षिक अवस्थालाई सुधार गर्न पुर्व शिक्षकहरुले निकै संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो । पोख्रेलले शिक्षाको क्षेत्रमा धेरै पछाडी परेको कपिलवस्तु जिल्लालाई छिमेकी जिल्लाहरु रुपन्देही र दाङको हाराहारीमा ल्याउन पूर्व शिक्षकहरुको अतुलनीय योगदान रहेको औंल्याउनुभयो । उहाँले पूर्व शिक्षकहरुले शिक्षाको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरेकोमा विद्यालय प्रति आभार व्यक्त गर्नुभयो ।


कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका प्रवन्ध निर्देशक सरोज खनालले ज्ञानज्योती शिक्षा सदन निजी विद्यालयहरुको भिडमा एउटा पृथक विद्यालय भएको जिकीर गर्नुभयो । प्रवन्ध निर्देशक खनालले विद्यालय निजी स्तरबाट सञ्चालित भए पनि नाफा कमाउने उद्देश्य नरहेको दावी गर्नुभयोे । सहकारी मोडलबाट सञ्चालन गर्ने गरी विद्यालय स्थापना गरिएको भए पनि कानुनी व्यवधानको कारण वाध्यतावस कम्पनी मार्फत विद्यालय सञ्चालन गर्नुपरेको खनालले बताउनुभयो । स्थानीय स्तरमा गुणस्तरिय शिक्षा दिनको लागि विद्यालय स्थापना गरिएको हँुदा न्यून शूल्कमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने ध्येय विद्यालयको रहेको खनालले दावी गर्नुुभयो ।


कार्यक्रममा विद्याकी देवी सरस्वती माताको पुजा आराधान गर्नुका साथै साँस्कृतिक झाकी सहितको कलश यात्रा समेत गरिएको थियो । लक्ष्मी, सरस्वती, शिव, पार्वती लगायतका भगवानको स्वरुपमा विद्यार्थीहरुलाई सिंगारेर गरिएको झाकी सहितको कलश यात्रा बैदौली बजार र कोपवा बजार परिक्रमा गरी विद्यालयमा आइ समापन भएको थियो । कार्यक्रममा विविध साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । विद्यालयका सबै कक्षाका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी १५ वटा नृत्य प्रस्तुत गरिएको थियो भने शिक्षिकाहरुको तर्फबाट पनि एउटा नृत्य प्रस्तुत गरिएको थियो ।
सरस्वती पुजाकै अवसर पारेर विद्यालयमा अक्षरारम्भ कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त कार्यक्रम मार्फत यस क्षेत्रका दर्जनौं बालकालिकाहरुले अक्षरारम्भ गरेका छन् ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा सहायक प्रधानाध्यापक रितादेवी पौडेलको स्वागत र प्रकास विकको सञ्चालनमा समपन्न भएको थियो ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६