खोज–अनुसन्धान

कांग्रेस महाधिबेशन प्रतिनिधी : रोल्पा नेविसंघको अध्यक्षमा नियुक्ति




बुटवल १४ माघ। नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधी रोल्पा नेविसंघको अध्यक्षमा नियुक्ति पाएका छन् । भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले रोल्पाको जिम्मेवार दिएका हुन् ।

आगामी स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी बनाउने र निर्धारित समयमा नै संघको अधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ जिसीलाई जिम्मेवारी दिइएको छ । २०५५ सालमा जन्मिएका जीसीले २०७१ बाट नेविसंघमा आबद्ध हुँदै विभिन्न मावि तथा क्याम्पसको नेतृत्व गर्दै विद्यार्थी राजनीतिमा प्रवेश गरेका जिसीले नेविसंघ रोल्पाको नेतृत्व पाएका हुन् ।जिसीलाई तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ । उनले केन्द्रले दिएको जिम्मेवारी पुरा गर्ने रातोपाटीलाई बताए ।

प्रकाशित : १५ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६