अर्थ-वाणिज्य

आर्थिक राजधानी शहर :जहाँ छिटटै शुरु हुनेछ २ केवुलकारको मज्जा



बुटवल १६ माघ । आर्थिक राजधानीको रुपमा हेरिएको बुटवलले अवको केहि समयमै २ वटा केवलकारवाट यहाको पर्यटन प्रवद्र्धन गर्ने भएको छ । यतिबेला दुई वटा केबुलकार निर्माणको काम धमाधम भइरहेका छ । लुम्बिनी केबुलकार र सिद्धार्थ केबुलकार कम्पनीले भारत तथा तेस्रो मुलुकबाट लुम्बिनी आएका पर्यटकहरूलाई बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने योजना सहित आफ्नो परियोजनालाई तीव्रता दिएका हुन् । बुटवल उपमहानगरपालिका–३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा छ । यो केबुलकार व्यवसायी चन्द्र ढकाल लगायतको समूहको हो । २ महिनाभित्र सम्पन्न गर्ने गरी अहिले बुटवल र पाल्पा तर्फका स्टेसन निर्माणको काम भइरहेको छ । केबुलकारका लागि आवश्यक पोलहरू भने गाड्ने कार्य गरिसकिएको कम्पनीले जनाएको छ ।
लुम्बिनी केबुलकारको लागि साढे तीन अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको छ । यहाँ पाँचतारे होटेल र पार्कसहितका संरचनामा पनि लगानी रहेको छ । वसन्तपुर डाँडामा १५० कोठाको पाँचतारे स्तरको होटेल बन्ने छ । सो निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने दाबी कम्पनीको रहेको छ । यो केबुलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । त्यसको केही हप्तापछि एमाले उपाध्यक्ष विष्णु पौडेलले शिलान्यास गरेको सिद्धार्थ केबुलकारको काम पनि धमाधम भइरहेको छ । बुटवलको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबुलकार पाल्पाको नुवाकोट पुग्नेछ ।

त्यहाँ पनि अहिले स्टेसन निर्माणको काम भइरहेको छ । अहिले १२ वाट पोल मध्ये ८ वटा पोल निर्माणको काम सम्पन्न भएको छ । अब बाँकी ४ वटा छिटै निर्माण हुने छ । सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष अध्यक्ष राजेन्द्रसिंह गुरुङले यो केबुलकार अबको वैशाख महिना भित्र सञ्चालनमा आउने गरी निर्माणको कामलाई तीव्र पारिएको बताए । यहाँ झन्डै १ अर्बको लगानी हुने छ । अहिले नुवाकोटमा सुविधा सम्पन्न रिसोर्ट बन्दै छ । त्यस्तै चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र पनि बन्ने छ । त्यसै गरी ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले शान्ति पार्क बनाउने छ भने गुम्बा, भ्यु टावर, स्वास्थ्य केन्द्र लगायतका संरचनाहरू पनि बन्ने छ ।
शिखर देउरालीमा रहेको बेस स्टेसनदेखि नुवाकोट डाँडामा रहेको टप स्टेसनमा ८ मिनेटमा पुग्न सकिने १ दशमलव ९४ किलोमिटर लम्बाइको केबुलकारमा एउटा गोन्डुलामा ८ जना यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष गुरुङले बताए ।नियमित रूपमा केबुलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दाबी कम्पनीको दाबी छ । सरकारले यो केबुलकार परियोजनाभित्र पर्ने ६ दशमलव ०९८ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ ।
यता बुटवलका पाल्पाकै वसन्तपुर पुग्ने लुम्बिनी केबुलकारका पनि आफ्नै विशेषता रहने छन् । लुम्बिनी केबुलकारमा २५ वटा गोन्डुला हुनेछन् । प्रति गोन्डुला आठ जना यात्रु सवार गर्न सक्ने छन् । जसमा प्रतिघण्टा ६ सय जना यात्रु ओहोरदोहोर गर्न सक्ने कम्पनीको दाबी रहेको छ । तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको लुम्बिनी केबुलकारले बुटवल–३ को चुरे सामुदायिक वन समेतको ३ दशमलव १६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरी डाँडा न्याउली सामुदायिक वनसमेतको ३ दशमलव ११ हेक्टर गरी ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । केबुलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउने गरी सरकारले स्वीकृति दिएको छ ।

प्रकाशित : १७ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६