कृषि

१३ औं कपिलवस्तु महोत्सवमा सिनर्जी सहकारी बजार जाहाँ सिस्नु,कोदो देखी फापर सम्म




हरि घिमिरे, १९ माघ ।
१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडेले सहकारी बजार सञ्चालन गरेको छ ।

बाणगंगा वडा न. ८ बोर्डगाउँमा सञ्चालनमा रहेको सहाकारीले टिपिकल प्रकारका गुणस्तरीय खाद्यान्न सहितको बजार सञ्चालन गरेको हो । जहाँ सिस्नुको साग,कोदो देखी फापर सम्म सम्पुर्ण पहाडमा उत्पादन भएका सामग्री उपलब्ध रहेका छन् ।

सहकारी बजारले बिशेषत भान्सामा प्रयोग हुने वस्तुहरु स्थानीयलाई उचित मुल्यमा उपलब्ध गराउने उद्देश्यका साथ महोत्सवमा उक्तसहकारी बजार सञ्चालन गरिएको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनुभयो ।

सहकारी बजारमा स्वदेशकै हिमाली र पहाडी क्षेत्रमा उत्पादन भएका गेडागुडी, दाल, कालानमक चामल, अनदि चामल, बेसार, तोरीको तेल, मह, गुन्द्रुक लगायत अर्गानिक सामग्री उपलब्ध रहेको सहकारीका व्यवस्थापक दिनामणि खनालले जानकारी दिनुभयो ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६