अर्थ-वाणिज्य

लुम्विनी प्रदेश सरकारको कर्मचारीलाई उपहार : निशुल्क घरभाडाले ल्याउला त लहर ?




कपिलवस्तु २० माघ ।लुम्बिनी प्रदेश सरकारले आफ्ना कर्मचारीलाई घरभाडा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । प्रदेशको अस्थायी मुकाम बुटवलबाट स्थायी मुकाम दाङ सार्दा आन्दोनल समेत गर्न तयार भएका कर्मचारीलाई खुसी पार्न उनीहरुलाई घर भाडा उपलब्ध गराउने तयारी गरिएको हो ।प्रदेश सरकारले प्रोत्साहन भत्ताको नाममा घरभाडा उपलब्ध गराउने योजना बनाएको छ । सरकारले कर्मचारीको सुविधाका लागि घरबहाल बापत थप रकम उपलब्ध गराउने तयारी गरेको हो । मन्त्रालयहरु दाङ सरेपछि कतिपय कर्मचारीहरु बिदा बस्ने र तत्काल काममा नफर्कने संकेत पाएपछि उनीहरुलाई खुसी पार्न पनि प्रदेश सरकारले यस्तो योजना बनाएको बुझिएको छ ।
भाडा बापत सचिव तथा उपसचिवका लागि प्रतिव्यक्ति ९ हजार, शाखा अधिकृतका लागि प्रतिव्यक्ति ७ हजार, सहायक अधिकृतका लागि प्रतिव्यक्ति ६ हजार, कार्यालय सहयोगी तथा सवारीचालकका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रूपैयाँका दरले थप सुविधा दिने तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका बैठक तथा प्रशासन महाशाखा सचिव नरेन्द्रकुमार रानाले नयाँ स्थान र राजधानीमा जाने कर्मचारीको सुविधाका लागि घर बहालबापत थप प्रोत्साहन रकम दिने विषयमा मन्त्रालयमा छलफल भएर प्रक्रिया अघि बढेको बताए ।प्रदेशको अस्थायी मुकाम बुटवल हुँदा कर्मचारीलाई यो सुविधा थिएन । कर्मचारीको व्यवस्थापनलाई सहज बनाउन यस्तो तयारी गरिएको रानाले बताए । अव स्थायी राजधानी देउखुरीमै मन्त्रिपरिषदको पहिलो बैठक बस्ने र उक्त बैठकले कर्मचारीको घरभाडा सम्बन्धी निर्णय पनि गर्ने उनले जानकारी दिए ।
प्रदेश सरकारका कार्यालय सहयोगी र सवारीचालक समेत गरी गरी १२८ जना कार्यरत छन् ।नेपाल निजामती कर्मचारी संगठनका प्रदेश संयोजक खगराज उपाध्यायले बुटवल मुकाममा रहेका कर्मचारीसँग सरकारले कुनै औपचारिक सल्लाह र समन्वय नगरेको उल्लेख गरे । सरकारले कर्मचारीलाई घरभाडा समेत दिने तयारी गरेपछि सरकारको आर्थिक भार बढ्ने भन्दै यसको आलोचना पनि हुन थालेको छ ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६