अर्थ-वाणिज्य

नदीजन्य पर्दाथ निकासीमा नक्कली भ्याट बिल प्रयोग



कपिलवस्तु, २० माघ । कपिलवस्तुको बुद्धभूमी नगरपालिकाका नदीजन्य पर्दाथ निकासी ठेक्कामा नक्कली बिल प्रयोग गरिएको छ । बुद्धभूमी नगरपालिकाले वडा नं. १ स्थित गुडरुङ्ग नदीमा नदीजन्य पर्दाथ निकासी ठेक्का लगाएको थियो । उक्त ठेक्का पारेको रुपन्देहीको स्वाभिमान कन्ट्रक्सनले तोकिएको परिमाण चोरी गर्न र भ्याट छलि गर्न नक्कली बिल प्रयोग थालेको हो । ५ लाख ५६ हजार २०७ घनफिट नदीजन्य पर्दाथ निकासीका भ्याट सहित ६० लाखमा कबोल गरिएको ठेक्का १ साता अघि मात्र सम्झौता गरिएको थियो । सम्झौता लगत्तै नदीजन्य पर्दाथ निकासी काम सुरु भएपछि ठेकेदारले नक्की बिल प्रयोग गर्न थालेको स्थानीयबासीहरु बताउछन् ।
ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले किर्ते काम बारे नगरपालिका राजस्व शाखा तथा जनप्रतिनिधीलाई जानकारी गराएपनि त्यसबारे अनुगमन समेत नगरिएको स्थानीयबासीहरुले जानकारी दिए । ठेकेदारले नगरपालिकाबाट प्रमाणित गरि ल्याएका ठेलीको हुबहु नक्कली भ्याट बिल तथा नगरपालिकाको सरकारी छाप किर्ते गरि प्रयोग गरेका छन् । ठेकेदारले एउटै ट्याक्टरको एकै दिन २ किसिमका बिल काटेका छन् । लु ३ त ६१२० को ट्याक्टरलाई मिस्कट बापत माघ २० गते विहान १० बजे ६९६ नम्बरको रसिद काटेका छन् भने दिउसो २ बजे २४० नम्बरको भ्याट बिल रसिद काटेका छन् । त्यहि ट्याक्टरलाई १९ गते ४०० नम्बरको भ्याट बिल रसिद काटिएको छ ।

त्यति मात्र होइन स्थानीय डम्पीङ्ग गर्ने समूहलाई रसिद नै नकाटि सादा कापीमा हिसाब राख्ने गरिएको छ । “दिनको १० खेप गर्दा पनि रोयल्टी काटिएको छैन, काजगमा हिसाब–किताब लेखिएको छ यो त सरासर ठेक्काको नाममा चोरी हो” स्थानीय एक युवाले भने । नाकामा दिनमा ३ सय ट्याक्टर र ट्रिपरले नदीजन्य पर्दाथ ओर्सादा १ हप्तामा जम्मा २ सय ४० वटा रसिद काटेको देखिनु ठाडै चोरी हो उनले भने । प्रति ट्याक्टर भ्याट सहित १०० घनफिटको ९०५ रुपैयाको रसिद काटेपनि १ हजार रुपैया लिने गरेको समेत ट्याक्टर ढुवानीकर्ताहरुले दुखेसो पोखेका छन् ।
ठेक्का लिएका ठेकेदार कृष्ण पोख्रेलले माथि देखि तल सबै मिलाएको हुदा केहि फरक नपर्ने नाकामा खटिएका कर्मचारीले भने । “प्रहरी प्रशासन, नगरपालिका, पत्रकार सबै मिलाएका छौ जति खिच्न छ खिच्नुस केहि फरक पर्दैन” रसिद काट्न खटिएका एक कर्मचारीले भने । ठेकेदारले कबोल गरिएको परिमाण मात्र होइन, राज्यलाई तिर्ने १३ प्रतिशत भ्याटको रकम समेत चोरी गरेको र सरकारी बिल, छाप किर्ते गरेको नक्कली रसिद बाटै छर्लङ्ग हुन्छ । तर नगरपालिकामा जानकारी गराउदा समेत वेवास्ता हुदा मिलेमतोको आशंका देखिएको छ ।
कपिलवस्तुको बुद्धभूमीमा मात्र होइन शिवराज नगरपालिका, बाणगंगा नगरपालिकाहरुमा समेत खोलिएका नदिजन्य पर्दाथ निकासी ठेक्काका ठेकेदारले परिमाण र राजस्व छलि गर्न नक्कली बिल प्रयोग सुरु गरिसकेका छन् । ठेक्का लगाउने तर नदि दोहनको अवस्था, निकासी परिमाण र ठेक्का अवस्था बारे वास्ता नगर्ने स्थानीय सरकारकै रवैयाका कारण ठेकेदार मोटाउने र सरकारको राजस्व बर्षेनी घट्दै गएको छ ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६