अन्तर्राष्ट्रिय

कपिलवस्तुका ज्ञवाली मैत्री संगठन पर्यटन विभाग संयोजकमा नियुक्त




कपिलवस्तु,२० माघ ।कपिलवस्तुका यूवा नेता एवम लुम्विनी विकास कोषका पूर्व कार्य समिती सदस्य राजेश ज्ञवालीले नेपाल भारत मैत्री संगठन, पर्यटन बिभागको नेपाल संयोजकको जिम्मेवारी पाएका छन् । कपिलवस्तुका स्थायी वासीन्दा ज्ञवाली संयोजकमा मनोनित भएका हुन् । भारतको वाराणसीमा बसेको संगठनको विस्तारिक बैठकले ज्ञवालीलाई पर्यटन बिभागको नेपालसंयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।संगठनले ज्ञवालीलाई संविधान बमोजिमको जिम्मेवारी पूरा गर्ने विश्वास लिएको संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य समेत रहेका ज्ञवाली विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील रहेका थिए ।
संयाजकको जिम्मेवारी पाएसँगै ज्ञवालीले नेपाल पर्यटनको सम्भावना भएको देश भएको बताउँदै यहाँको प्रकृति, संस्कृति, गौतम बुद्धको जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको विकल्प संसारमा कतै नभएकोले त्यसको हामीले लाभ लिनु सक्नुपर्ने बताए ।भारतका मात्र पर्यटक ल्याउन सके नेपालले धेरै लाभ लिन सक्ने बताउदै ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा पर्याप्त अनुसन्धान आवश्यक रहेकोमा जोड दिए ।उनले पर्यटकले यहाँको के कुरा मन पराए, के मन पराएनन् भन्ने जानकारी नीति निर्मातालाई हुनुपर्ने र नेपालले तत्काल गर्नुपर्ने काम पूर्वाधार विकास भएको बताए ।आफू संगठनको नेपाल संयोजक भएकाले ज्ञवालीेले जतिसक्दो धेरै भारतीय पर्यटक नेपाल भ्रमण गराउन र नेपालको पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने बताए ।


प्रकाशित : २१ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६