खोज–अनुसन्धान

रकमान्तर गर्न नपाइने कानुन लागु गर्दैछौ :अर्थमन्त्री पौडेल




बुटवल,२१ माघ। उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृहजिल्ला रुपन्देही आएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षदेखि बजेट रकमान्तर गर्ने परिपाटीलाई पूर्णरुपमा रोक्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन्। आफुखुसी बजेट बनाउने रकमान्तर गर्ने गलत परिपाटीका कारण बजेटको दुरुपयोग भएको देखियो यस्तो परिपाटीलाई रोक्न नीति नै बनाउन लागेको छु शुक्रवार साँझ रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग भैरहवामा छलफल गर्दै अर्थमन्त्री पौडेलले भने।अर्को वर्षदेखि बजेट रकामान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याईने छ उनले थपे।
‘सबैजसो सरकारी कार्यालयले आर्थिक वर्षको बीचमा आएर एकातर्फको बजेट रकमान्तर गरि अर्को क्षेत्रमा खर्च गर्ने गलत परम्परा छ, ‘योजना र कार्यक्रम बनाउँदा छरपस्ट बनाउने र कार्यान्वयन गर्ने बेला अर्को क्षेत्रमा रकमान्तर गर्दा बजेटको दुरुपयोग हुने गरेकोले रकमान्तरणमा रोक लगाउने नीति बनाउन लागेका हौं,’ अर्थमन्त्री पौडेलले भने।
अर्थमन्त्री पौडेलले अत्यावश्यक काम बाहेक अन्य क्षेत्रमा बजेट रकम खर्च नगर्नपनि आग्रह गरे। सरकार अहिले खर्च कटौतीको अवस्थामा पुगेकोले सबै क्षेत्रबाट खर्चलाई कम गर्न आग्रह गरेका हुन्। पौडेलले अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम र आयोजनाहरु पुरा हुन नसक्दा दातृ निकायले दिने सहयोगमा पनि अफ्ठ्यारो भइरहेकोले अत्यावश्यक क्षेत्र बाहेकको खर्च कटौती गर्न कार्यालय प्रमुखहरुलाई आग्रह गरेका हुन्।पौडेलले बेलहियामा निर्माण हुने आइसीपी निर्माणको काम छिटो अगाडि बढाउन नेपालको तर्फबाट साइड क्लीयरेन्सको काम अगाडी बढाउन भन्सार कार्यालय बेलहियाका प्रमुखलाई आग्रह गर्दै भारतीय समकक्षीहरुसँग छलफल गरि आइसिपी शिलान्यास गर्नु पहिले नै नेपालको तर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन निर्देशन दिए।
अर्थमन्त्री पौडेलले हाल स्थगित भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सूचारु गर्दै अहिले देखिएका सबै समस्या समाधान गरिने बताए। विमानस्थलको विषयमा विगतमा पनि विभिन्न समस्या आउने गरेको वताए ।
ति समस्या समाधान गर्दै गएको उल्लेख गर्दै उनले अहिले देखिएका समस्या पनि समाधान गरिने बताए। विमानस्थलको विषयलाई केही व्यक्तिले गलत ढंगले प्रचार गरिरहेको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरे। पौडेलले भने, ‘गौतमबुद्ध विमानस्थललाई सेतो हात्ती हो, यसले केही प्रतिफल दिँदैन भनेर गलत मानक स्थापित गर्न खोजिएको छ, हामी त्यसो हुन दिँदैनौं,’। अर्थमन्त्री पौडेलले विमानस्थललाई व्यवस्थित रुपमा संचालन गर्न देखिएका समस्या समाधानका लागि सम्बन्धित कार्यालयहरु एक ठाउँमा बसेर प्रभावकारी रुपमा छलफल गरि व्यवस्थापन गर्नुपर्ने बताए।

प्रकाशित : २१ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६