अर्थ-वाणिज्य

अन्तराष्ट्रिय बिमानास्थल पूर्ण क्षमतामा चल्छ कसैले अवरोध गर्न सक्दैन :अर्थमन्त्री पौडेल




भैरहवा २१ माघ ।उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा (फूल फ्जेज) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित ’लुम्बिनीको सामर्थय’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै पौडेलले शनिबार यस्तो बताएका हुन् । पछिल्ला दिनहरुमा विमानस्थलका सम्बन्धमा नकारात्मक टिकाटिप्पणी हुने गरेको स्मरण गर्दै विमानस्थलमा सबैभन्दा चुनौतीको काम जग्गा प्राप्ति भएको र अहिले त्यो काम पूरा भइसकेकाले अब तीव्र रुपमा क्षमता विस्तार गरिने उनले बताए । पौडेलले लुम्बिनीको विकाससँग सरोकार राख्ने तथा शुभचिन्तक सबैलाई विमानस्थल निर्माणमा सकारात्मक सहयोग गर्न पनि आग्रह गरे।
यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले लुम्बिनी प्रदेशमा पर्यावरणीय पर्यटनको धेरै सम्भवना रहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित लुम्बिनीको सामर्थ्यअन्तर्गत ’अर्थतन्त्रका अवरोध’ सत्रमा बोल्दै पोखरेलले बाँके र बर्दिया अबको पर्यावरणीय पर्यटन सम्भावनायुक्त निकुञ्ज रहेको बताएका हुन् । उनले लुम्बिनी जनशक्ति पनि धेरै भएको प्रदेश भएकाले सिप र क्षमता वृद्धिका लागि जोड दिएर उत्पादनमूलक कार्यमा प्रयोग गर्नुपर्नेमा जोड दिए । सिमेन्ट, स्टिलजस्ता उत्पादन लुम्बिनी प्रदेशको अर्को सम्भावना रहेको उनले औंल्याए । प्रदेश र स्थानीय सरकारले दिने अनुदान पारदर्शी गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : २१ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६