अर्थ-वाणिज्य

प्रेस चौतारी दिवस : बालवालिकालाई ब्यागसँगै शैक्षिक सामाग्री




कपिलवस्तु २३ माघ ।प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस को अवसरमा वाणगंगा नगरपालिका ८ मा रहेको मदरसा बरकतिया आधारभुत बिद्यालय बालापुरम अध्ययनरत ४५ जना विद्यार्थी लाई स्कुल ब्याग झोला तथा शैक्षिक सामाग्री एक समारोहका बीच वितरण गरिएको छ ।कार्यक्रमलाई सम्बोध गर्दै नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष एवं लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक काम गरेको बताउनु भयो ।

देशभरी दिवस मनाइ रहेको सन्दर्भमा कपिलवस्तु जिल्लाले वालापुरका श्रमजीवी जनताका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरेकोमा समुदायमा राम्रो सन्देश जाने बताउनु भयो । सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर यथार्थ तुलनात्मक रुपमा कम भएकोमा शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक,अभिभावक , बिद्यालय ब्यबस्थापन समिति ,स्थानीय सरकारले अनुगमन गर्नुपर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख चक्रपाणि अर्यालले समाचार सम्प्रेषण गर्दा समाचार बिश्वस्नियता ,तथ्यपरक गर्नुपर्ने बताउदै मदरसा आधारभुत बिद्यालयलाई वाणगंगा नगरबाट सहयोग हुने जनाउनु भयो । सामुदायिक विद्यालयको गुणस्तर माथि उठाउन नगरपालिकाले थप योजनाका साथ अघि बढ्ने बताउनु भयो । प्रेस चौतारिका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज पार्बती पान्डेले जिल्लामा अन्य संगठनको तुलनामा प्रेस चौतारिको संगठन अब्बल संगठनको रूपमा परिचित भएको बताउनु भयो । दिवसको शुभकामना दिदै चौतारीले सदैव नयाँ र सृजनात्मक काम गर्नु पर्ने जनाउनु भयो ।
त्यस्तै वडा न.८ का वडा अध्यक्ष बाबुराम अर्यालले शुभकामना दिदै वडा भित्र भौतिक सम्रचना कमजोर भएका विद्यालयलाई आर्थिक सहयोग पुर्याउने बताउनु भयो । जिल्ला अध्यक्ष जानू पान्डेको अध्यक्षता उपाध्यक्ष बाबुराम रायमाझीको स्वागत सचिव संजिब गहतराजको संचालनमा कार्यक्रम गरिएको हो । उक्त विद्यालयका ४५ जना वालवालिकालाई ब्याग सँगै शैक्षिक सामग्री बितरण गरिएको थियो। नयाँ ब्याग र कापी पेन्सील पाउदा ससाना नानी बाबुहरु खुशी भएका थिए ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६