प्रदेश

लुम्बिनी युपिभिसी तथा आल्मुनियम उधोग सन्चालनमा, अब घर बनाउनमा समस्या नहुने



प्रयास पोख्रेल
कपिलवस्तु २२ माघ ।

कपिलवस्तुको वाणगंगा १ बैरियामा एक कार्यक्रमका बिच लुम्बिनी युपिभिसी तथा आल्मुनियम उधोग सन्चालनमा आएको छ । कपिलवस्तु, अर्घाखाँची , दाङ, प्युठान ,रुपन्देही ,लगायतका बासिन्दा यश बाट लाभान्वित हुने बताइएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ कपिलवस्तुका अध्यक्ष डोलकराम घिमिरेले लुम्बिनी युपिभिसी तथा आल्मुनियम उधोग सन्चालनमा आए संगै यसले औधोगीक क्षेत्रमा थप इट्टा थपेको बताउनुभयो । कार्यक्रममा बोल्दै घिमिरेले पछिल्लो समय उधोगहरु धरासायी भइरहेको बेला यस उधोगले जनतामाझ प्रभाबकारी र गुणस्तरीय सेवा प्रदान गर्नेमा आफु विस्वस्त रहेको बताउनुभयो ।
झ्याल ढोका तथा पार्टेसनका विशेषताहरु प्रस्तुत गरीएको छ । जस बाट तपाईको समस्या समाधान गर्न सहयोग पुग्ने त्यसका सञ्चालक बोम बहादुर कुँवरले बताउनुभयो । कुँवरले युपिभिसी तथा आल्मुनियम उधोगका विशेसता बताउँदै साउण्ड प्रुफ रहने, रंग रोगन गर्नु नपर्ने, आगो नटिप्ने, काठ भन्दा आधा सस्तो हुने, सफा गर्न झन्झट नहुने, वर्षौ वर्ष ढुक्क र आकर्षक देखिने, एसि चलाउदा कम बिजुली खपत हुने, किरा, धमिरा नलाग्ने तथा त्रिपट नहुने, घामपानीमा केहि नहुने तथा तातो चिसोले फरक नपार्ने लगाएतका विशेषता रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनका सदस्यहरु, बैंकर्स, उद्योगी व्यावसायी, नेपाल निर्माण संघका पदाधिकारी, पत्रकार लगाएतको उपस्थीती रहेको थियो ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६