प्रदेश

कपिलवस्तुको मायादेवीमा निःशुल्क आँखा शिविर, १६ सय ७८ जना लाभान्वीत



कपिलवस्तु, २३ माघ । जिल्लाको मायादेवी गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ को श्री छत्र पाली तिर्थ देबि माध्यामिक बिद्यालयमा निशुल्क आँखा अप्रेसन सहितको आँखा शिविर सम्पन्न भएको छ । पालिकाले नागरिकहरुको सेवालाई मध्ये नजर गरि २ दिने शिविर सन्चालन गरेको थियो ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जको प्रविधिक सहयोग र मायादेवी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको शिविरमा १६ सय ७८ जनाको आँखा परिक्षण मध्य २ सय ५८ जनाको शल्यक्रिया भएको छ ।

त्यस्तै चस्मा वितरण ३ सय ६५,ल्याब परिक्षण २ सय ९२ जनालाई गरिएको स्वास्थ्य सम्योजक महेन्द्र यादवले बताउनु भयो । पालिकाले स्वास्थ्य क्षेत्रको सम्बेदनशीलतालाई मध्यनजर गर्दै नि:शुल्क अप्रेसन सहितको आँखा शिविर रखेको गाउँपालिका अध्यक्ष वलिउद्दिन खानले बताउनुभयो ।

शिविरले आर्थिक अभावका कारण तथा अस्पताल सम्म उपचार गर्न आउन कठिनाइ भएका पालिकाका नागरिकहरु लभाविन्त हुने अपेक्षा रहेको पनि अध्यक्ष खानले बताउनुभयो । अँखा शिविरमा डा.सुलाक्ष्मी काटुवालको नेतृत्वमा सम्पन्न भएको थियो ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६