प्रदेश

लुम्बिनीमा रामकथा वाचन स्थगित गर्न माग गर्दै प्रदर्शन



बुटवल, २३ माघ ।
शान्तिभूमि लुम्बिनी क्षेत्रमा भारतीय सन्त मुरारी बापूले रामकथा वाचन गर्ने कार्यक्रम राखेपछि सोमवार तनाव उत्पन्न भएको छ । संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरूले गैरबौद्व धार्मिक क्रियाकलाप लुम्बिनी क्षेत्रमा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् । २१ गतेबाट गर्ने भनिएको रामकथा वाचन ३ दिन पछाडि सारेर आयोजक रामकथा प्रेमयज्ञ समितिले मंगलवारदेखि रामकथा वाचन कार्यक्रम राखेको छ ।

संघर्ष समितिले लुम्बिनीको पर्सा चोकबाट धार्मिक र सांस्कृतिक हस्तक्षेप बन्द गर्न माग गर्दै लुम्बिनी विकास कोषमा पुगेर उपाध्यक्ष भिक्षु मैत्ययको राजीनामा माग गर्दै गरेका छन् । रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले प्रदर्शनमा तनाव उत्पन्न नभएको दाबी गरे ।

एसपी रेग्मीले भने, ‘व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । कथावाचन भोलिदेखि हुन्छ, रोकिँदैन ।’ लुम्बिनी विकास कोषका प्रेस सल्लाहाकार विनोद परियारले कार्यक्रम रोक्न माग गर्दै विकास कोषको कार्यालयसम्म पुगेको जानकारी दिए ।

यता लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सबैलाई अपिल गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा प्रवचन हुने कार्यक्रमका लागि हल प्रयोग गर्न अनुमति दिइएको विषयलाई लिएर सरोकारवाला संघसंस्थाले चासो, चिन्ता र प्रश्नहरू उठाएर विज्ञप्ति, ध्यानाकर्षण र विरोध जनाएपछि कोषले सद्भाव कायम राख्न अपिल गरेको हो ।

रामकथाका लागि विकास कोषले ५ हजार क्षमताको हल प्रयोग गर्न दिएको छ । कथा वाचन कार्यक्रममा विश्वका विभिन्न देशबाट बापूका अनुयायी २ हजारभन्दा बढी सहभागी हुने बताइको छ । कार्यक्रम १ हप्ताको छ । कार्यक्रममा लागि १७० देशबाट सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुनेलाई निःशुल्क भण्डारा चलाइएको छ ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६