अर्थ-वाणिज्य

खुला सिमानाका कारण कपिलवस्तुमा पर्यटक प्रहरी आवश्यक:नायब महानिरिक्षक राई




कपिलवस्तु २३ माघ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी नायब महानिरिक्षक टेक प्रसाद राईले तराईको खुला सिमाना सुरक्षाकालागि सबै भन्दा ठुलो चुनौती रहेको बताएका छन । जिल्ला प्रहरी कार्यलय तौलिहवामा भएको मिडिया अन्तरसंवादमा वोल्दै उनले भारतीय मार्गवाट नेपाल भित्रिने धार्मिक पर्यटकलाई मध्यनजर गर्दै पर्यटक प्रहरी समेत राखिएको भन्दै आवश्यक परे कपिलवस्तुमा समेत उक्त फोर्स राखिने स्पष्ट पारे । बिगतमा बाणगंगा नगरपालिकामा भएका दुई घटनाको अनुसन्धान गर्न समेत उनले निर्देशन दिए ।
खुला सिमाका कारण तराईका सबै जिल्लाहरुको सुरक्षामा ठुलो चुनौती खडा गर्ने गरेको उनले बताए । उनले खुला सिमा कै कारण प्रहरीलाई काम गर्न धेरै अप्ठेरो परको बताए । उनले खुला सिमामा चुनौतीका बावजुत तस्करी र अपराध नियन्त्रण आफनो पहिलो प्राथमिकता रहेको बताएका छन ।उनले प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यायले आ आफनो कार्ययोजना बनाई अघि बढेको भन्दै प्रदेश प्रहरीको पहिलो प्राथमिता भनेकै सिममा हुने अपराध र तस्कारी नियन्त्रण रहेको बताए । अपराध र तस्कारी नियन्त्रणमा प्रहरी सचेत रहेको भन्दै त्यसकालागि प्रहरी आफनो तरिकाले लागि परेको बताए । उनले अपराध र तस्कारी नियन्त्रणकालागि समन्यात्मक टिम बनाइएको भन्दै त्यसकालागि भारतीय सुरक्षाकर्मी संग समते बेला बखत बैठक बसी सुरक्षा योजना समेत बनाइएको बताए ।
उनले लागु औषधको ओसारपोसर समेत ठुलो समस्या रहेको भन्दै त्यसको नियन्त्रणकालागि बिशेष युनिट समेत गठन गरिएको बताए । उनले लागु औषध रोगकारुपमा रहेको भन्दै उनले यसलाई सबैले खुलारुपमा कुरा गर्नु पर्ने बताए । ‘ प्रहरीले राम्रो भन्दा राम्रो काम चाहन्छ त्यसकालागि सबैको साथ आवश्यक छ ’ उनले भने । उनले तस्कारी र सिमा अपराध नियन्त्रणमा सबैले हातेमालो गरी साथ दिनु पर्ने बताए । उनले कसैले प्रहरी तर्फै औला ठड्याएर कुरा गर्दैमा गलत ब्यवाहर भएको भन्दै हिरासतमा राख्न नपाईने बताए । उनले प्रहरी कसैलाई पनि त भनेर सम्बोधन गर्न नपाउने बताए । ‘ प्रहरी तर्फ औला ठढ्याएर कसैले कुरा गर्दैमा हिरासत भित्र राख्न पाईन्न त भनेर सम्बोधन गर्न मिल्दैन यसो गरिए त्यो प्रहरी नीति भित्र पर्दैन ’ ।
उनले प्रहरीले महिला बालिका र ज्येष्ठ नागरिक सेवाग्राहीलाई पहिलो प्राथमितामा राखेर सेवा दिने गरेको बताए । प्रहरी निरीक्षक शलेश्वरी बोहोराको संचालनमा भएको कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी उपरिक्षक प्रमे बहाादुर बस्नेत, पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्य, संघका प्रदेश सदस्य गोपाल भन्डारी पत्रकार महासंघ पूर्व उपाध्यक्ष पार्वती पाण्डे लगायतको सहभागीता थियो । यसै बिच प्रहरी नायब महानिरिक्षक टेक प्रसाद राई र संघ तथा लुम्बिनी प्रदेशका सदस्यहरु बिच समेत अन्तरक्रिया संपन्न गरिएको छ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६