अर्थ-वाणिज्य

एकल, विपन्न र सहारा विहिनको अभिभावक स्थानीय सरकार : मेयर अर्याल




कपिलवस्तु २४ माघ ।बिपन्न बाणगंगाका मेयर चक्रपाणी अर्यालले बिपन्न र सहारा विहिनको सच्चा अभिभावक स्थानीय सरकार बन्ने वताउनु भएको छ । उहाले नगरको वडा नं ७ले आयोजना गरेको एकल महिलाकालागि न्यानो कपडा वितरण समारोहमा वोल्दै यस्तो वताउनु भएको हो । नगर प्रमुख अर्यालले वडा नम्बर ७ ले सवै वर्गलाई वडाका कार्यक्रममा समेट्ने काम गरेको बताउनुभयो । उहाँले विगतका दिनमा पनि वडा नं। ७ ले उत्कृष्ट कार्य गरेको बताउदै स्थानीय सरकारको महशुस हुने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा कार्यालयले आफ्नो वडा भित्रका एकल महिलाहरुलाई न्यानो कपडा हुड वितरण गरि सम्मान गरेको छ ।विगका दिनमा वालवालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विद्यार्थी सबैलाई समावेश गरिएको र एकिकृत विकासको अभियान ल्याउने उद्देश्यले वडा भित्र रहेका ५५ बर्ष मुनिका १ सय जना एकल महिलाहरूलाई सम्मान कार्यक्रमको आयोजना गरि उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।आर्थिक बर्ष २०७९/ ८० लक्षित वर्गको कार्यक्रम अन्तर्गत चिसो मौसममा एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । यस अघिका वर्षमा समेत वडा नम्मर ७ ले वडाका ज्येष्ठ नगारिक, विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लगाएतलाई न्यानो कपडा वितरण गरेको थियो । यस वर्षको लक्षित वर्गको कार्यक्रमबाट वडाका एकल महिलाहरुलाई लक्षित गरि कार्यक्रम गरिएको वडा अध्यक्ष गिरीले बताउनु भयो ।
वडा अध्यक्ष विष्णु गिरीले सडक, नाली जस्ता भौतिक विकास निर्माणले मात्र समृद्ध वडा नहुने भएकाले वडावासीलाई प्रत्यक्ष रुपमा टेवा पुग्ने खालका लक्षित वर्गका कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

वडा कार्यालय सबैको साझा सरकार भएकाले वडाका सबै नागरिकलाई समावेश गर्नु आफ्नो दायित्व रहेको बताउनुभयो ।यस भन्दा अघिको कार्यकालमा पनि विष्णु गिरीको नेतृत्वमा रहेको ७ नम्बर वडा ५ बर्ष नै नगरमै योजना पुरा गर्नेमा पहिलो वडा हुंदै आएको छ ।चिसोमा न्यानो कपडा पाएसंगै महिलाहरुले खुसी व्यक्त गर्दै वडाका जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् ।वडाका सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजीवी लगाएतको उपस्थिति रहेको कार्यक्रम हरिशंकर पौडेलको स्वागत मन्त्व्य र वडा सचिव सन्तोष कुमार बैठाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६