प्रदेश

फुटपाथ पसल तथा अव्यवस्थित पार्किङ हटाउन कपिलवस्तु नगरपालिकाको ७ दिने अल्टिमेटम



कपिलवस्तु, २४ माघ ।
फुटपाथ पसल र अव्यवस्थित पार्किङ हटाउने तयारीमा कपिलवस्तु नगरपालिका जुटेको छ । जिल्ला सदरमुकाम समेत रहेको यस नगरपालिकाले मुख्य सडक तथा भित्री सडकहरूमा रहेका ठेला तथा फुटपाथमा राखिएका पसल, सडक मिचेर राखिएका निमार्ण सामग्री, अव्यवस्थित रुपमा भइरहेको पार्किङलाई हटाउने तयारी गरेको हो ।

यसका लागि नगरपालिकाले सडक अतिक्रमण तथा सवारी व्यवस्थापनबारे यातायात व्यवसायी संस्था, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतका सरोकारवालासंग छलफल गरेको छ ।

नगरपालिकाले सडकलाई व्यवस्थित र फराकिलो पार्नको लागि अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण तथा अव्यवस्थित रुपमा संचालन भइरहेका ठेला पसल र सडक क्षेत्र भित्र रहेको निमार्ण सामग्रीहरु हटाउन ७ दिने अल्टिमेटम समेत दिएको छ ।

नगरले एक सूचना जारी गर्दै सात दिन भित्र सडक तथा फुटपाथ क्षेत्र खाली गर्न, अव्यवस्थित पार्किङ हटाउन अनुरोध गरेको छ । सात दिन भित्रमा सडक क्षेत्र खालि नभए कानुन बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

सडक क्षेत्र र फुटपाथ अतिक्रमण गरेर संचालन भएका पसल, एकै स्थानमा सडक क्षेत्र र फुटपाथमा संचालनमा ठेला पसलहरूले सडक दुर्घटना बढ्नुका साथै पैदल यात्रुहरुलाई असहज भएकाले नगरपालिकाको अग्रसरतामा सडक व्यवस्थित र फराकिलो गर्ने अभियान संचालन गरिएको नगर प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

यात्रुबाहक सवारी साधन बसपार्कबाट छुटेर घण्टौसम्म बस बिसौनीमा रोकी राख्ने भएकाले निश्चित समयमा बस पार्कबाट छुटेर, निश्चित समयसम्म मात्र बस बिसाउनेमा रोक्नु पर्ने नगर प्रमुख पौडेलले बताए । सो का लागि यातायात व्यवसायी र संघ संस्थासंग छलफल समेत गरिएको पौडेलले जानकारी दिए ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६