प्रदेश

लुम्बिनीमा आजदेखि राम कथा प्रवचन



बुटवल, २४ माघ । भारतका प्रख्यात सन्त मोरारी बापूले आजदेखि बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औ राम कथा प्रवचन गर्दै छ्न । रामकथा प्रेम यज्ञ समितीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा ९ दिनसम्म कथावाचन हुनेछ ।

हिजो पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे ।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन। पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको छ । परम पावन धाममा आउनाले परम मौन, परम शांति र परम आनंदको अनुभूति भईरहेको छ । म आफूलाई एकदम शौभाग्यशाली अनुभव गर्दैछु सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरि पूजा समेत गरे ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६