प्रदेश

१४औं कपिलवस्तु महोत्सवको निम्तो गर्दै उद्योग व्यापार संघ कपिलवस्तु





कपिलवस्तु, २४ माघ ।
१४औं कपिलवस्तु महोत्सवको लागि भन्दै उद्योग व्यापार संघ कपिलवस्तुले निमन्त्रण कार्ड प्रदान गरेको छ । १३ औं कपिलबस्तु महोत्सब चलिरहेको बेला त्यहाँ आएका व्यवसायीक स्टलहरुमा व्यवसायीलाई निमन्त्रणा कार्ड दिईएको हो । ‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने मुल नाराका अगाडी सरेर उद्योग व्यापार संघले १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगीक पर्दशनी २०८० का लागि सहभागिहुन निमन्त्रणा गरेको जनाएको छ ।


संघको नवौं बैठकको निणर्य अनुसार २०८० मंसिर ८ गते देखि १९ गते सम्म बुद्ध रंगशाला जितपुरमा महोत्सव आयोजना गरिने संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताए । महोत्सवको तयारीका लागि उद्योग व्यापार संघले अहिले देखि नै राय सुझाव संकलनको कार्य थालेको पौडेलको भनाई छ ।


यस्तै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय सचिबालय सदस्य टोपनारायण बेल्बासले महोत्सब लाई ब्यबस्थित एबम सफल बनाउन राय सुझाब दिन व्यवसायीहरु समक्ष आग्रह गरेका छन् । उनले महोत्सव लाई पृथक एबम कपिलवस्तु को पहिचान को रुपमा अगाडि बढाउन सम्पुर्णको सहयोग आवश्यक रहेको बताए ।


यस्तै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय सदस्य समेत रहेका जिल्ला निबर्तमान अध्यक्ष हुमनाथ पौडेलले महोत्सव संचालनमा धेरै अनुभव भएका व्याक्तिहरु संघमा आवद्ध रहेकोले महोत्सव सफलका लागि कठिनाई नहुने बताए । उनले भने “सम्पुर्ण ब्याबसायिक संघ सस्था, स्थानिय सरकार, प्रदेश सरकार तथा केन्द्रिय सरकार सङ्ग समेत सहकार्य गर्दै महोत्सव को आयोजना गर्ने छौ ।” ‘महोत्सव हामी सबैको हो भन्ने बिस्वस्त गराउने छौ ।’

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६