खेलकुद

वडाध्यक्ष कप फुटबलको उपाधि बोडगाउ टोल विकासलाई



पशुपति गिरी
बाणगंगा माघ २४ ।बाणगंगा नगरपालिका ८ नं। वडाले सञ्चालन गरेको वडाध्यक्ष फुटबल प्रतियोगिता ०७९’ को उपाधि बोडगाउ टोल विकास संस्थाले हात परेको छ।वडा नं।८को आयोजना तथा वडा स्तरीय युवा सञ्जालको सहयोगमा मायादेवी रगंशाला खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चप्परगाउँ टोल विकास संस्थालाई पराजित गर्दै बोडगाउ टीमले उपाधि चुमेको हो।

निर्धारित ६० मिनेटको खेल मा गराइएको थियो। बोडगाउ टोल विकास संस्था टीमले चप्परगाउँ लाई १–० को गोल अन्तरले पराजित गर्दै गोल्डकप हात पार्न सफल भयो।विजेता बोडगाउले रु १०००० नगदसहित ट्रफि सिल्ड तथा प्रमाणपत्र पाएको छ भने उपविजेता चप्परगाउलाई ५ हजार नगद, ट्रफि सिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ। उनीहरुलाई वडाध्यक्ष बाबुराम अर्याल ,कार्यपालिका सदस्य सारदा परियार,वडा सदस्य जुना थारु,टोलविकास सस्था लगायतले पुरस्कार, ट्रफि र प्रमाणपत्र प्रदान गरेका हुन्।

माघ २० गते उद्घाटन खेल भएर सुरु प्रतियोगितामा बोडगाउ, चप्परगाउ, लोगाई र बालापुर,बन्डौली, गरी ६ वटा खेलाडी टीम समूहले भाग लिएको थियो। सर्वोत्कृष्ट खेलाडी पुरस्कार छबिलाल पौडेल र बेष्ट गोलकिपर विपीन ठकुरीले पाउँदा म्यान अफ द म्याच सुमन गैरे घोषित भए। सर्वोत्कृष्ट गोल सुनील क्षेत्रीले पाएको आयोजक वडा स्तरीय युवा सञ्जालका अध्यक्ष दयाराम पौडेलले बताए। उक्त समापन कार्यक्रम समाजसेवी युवा स्थानियहरुको उपस्थीति मा गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६