अन्तर्राष्ट्रिय

लागु औषध नियन्त्रण गर्न सिमा नाकामा थप कडाई




कपिलवस्तु २४ माघ।लागु औषध नियन्त्रणकालागि कपिलवस्तुका सिमा नाकामा थप कडाई गरिने निर्णय गरिएको छ । लागु औषधका दुब्र्यसनी र कारोवारी बढेको भन्दै त्यसको नियन्त्रणकालागि सिमा क्षेत्रमा निग्रानी बढाई थप कडाई गरिने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयले तौलिहवामा राखेको लागु औषध नियन्त्रणकालागि सरोकारवाला बिच समन्यात्मक बैठकमा सो निर्णय गरिएको हो । प्रजिअ शंकर हरिआचार्यले लागु औषधको कारोवारलाई रोक्न सिमा क्षेत्रमा थप कडाई गर्ने निर्णय गरिएको बताए ।
उनले सिमा क्षेत्रमा थप गस्ती बढाईने बताए । ‘ लागु औषधको कारोवारलाई रोक्न सिमा क्षेत्रमा सुरक्षकर्मीको गस्ती बाढईन छ ’ प्रजिअ आचार्यले भने ‘ यसकालागि सबैले सुचना आदानप्रदान समेत गर्ने समेत निर्णय गरेका छौ ’ । भारतबाट प्रतिन्धित नारकोटि ड्रग्स, स्माईक हेरोईन लगायतका लागु औषध नेपाल र नेपालबाट चरेस अफिम लगायतका लागु आषध भारत तर्फ लुकीछिपी लैजाने गरिएका छन । गत असोजमा जिल्लाका बिभिन्न औषधी पसलमा अनुगन गर्दा कैयो पसलमा नारकोटिक ड्रग्ज समेत बिक्री गरिएको भेटिएकाले त्यस्ता औषधी पसलमा ब्यस्थितरुपमा औषध बेच्नकालागि अनुगन र निरीक्षण गरिनेछ । यस्तै जिल्ला भित्र रहेको औषधी पसलको अनुगमन गर्ने र त्यहा बिक्री गर्ने औषधीको बिवरण माग्ने र त्यसको समन्वय स्वास्थ्य कार्यालयल गर्ने छ ।
लागु औषध नियन्त्रणकालागि जनचेतना मुलक कार्यक्रम संचालन गर्ने र जिल्लाका १० वटै पालिकासंग त्यसकालागि छलफल गरी नियन्त्रणकालागि पहल गरिनेछ । जनचेतना कार्यक्रमको अगुवाई जिल्ला प्रहरी कार्यालयले गर्नेछ । बैठकमा शमशेरगण दल गोरुसिंगेका सेनानी जगदीश कार्की , प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक जीवन ,केसी राष्ट्रिय अनुसंधान कपिलवस्तुका प्रमुख नरेन्द्रराज गिरी, सहायक प्रजिअ अनिल पौडेल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, नागरिक समाजका अध्यक्ष डोलक पछाई, आस्था समुहका प्रकाश घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्र श्रीवास्तव लागायतको सहभागीता थियो ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६